१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

सीएफ मोटोको टेस्ट ड्राइभ र बुकिङ सुरु

१० जेठ, काठमाडाैँ । दुईपांग्रे ब्रान्ड सीएफ मोटो र जिहोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले विभिन्न मोडलको टेस्ट ड्राइभ र बुकिङ सुरु गरेको छ।

रिलायन्स ग्रुपअन्तर्गतको कम्पनीले सीएफ मोटोको एनके २५०, एसआर २५०, एनके ४५० र जिहोको एई ६ एलआर (डबल ब्याट्री) र सिटी स्पोर्ट्स मोडलको टेस्ट ड्राइभ र बुकिङ खोलेको हो।

कम्पनीले यी उत्पादनहरुको बिक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्रीपछिको सेवा र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने जनाएको छ।

विभिन्न उमेर समूह लक्षित सीएफ मोटोका उत्पादन र विद्युतीय सवारीसाधन रोज्नेहरुका लागि जिहो ब्रान्डले नेपालमा नयाँ कोशेढुङ्गा स्थापित गर्ने कम्पनीको विश्वास छ।

सीएफ मोटो र जिहोका उत्पादनको टेस्ट ड्राइभ तथा बुकिङ कम्पनीको नक्साल, झम्सिखेल तथा सल्लाघारीका आधिकारिक शोरुममा गर्न सकिनेछ।

कम्पनीले समयसापेक्ष योजना तथा उत्पादनहरु सार्वजनिक गर्ने पनि जनाएको छ। यसअन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार कार्यक्रम तथा रोड साइड सहायता सेवालगायतका विभिन्न कार्यहरु सुरु गरिएको कम्पनीको भनाइ छ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १८:५४