नागरिकता मुद्दामा कान्तिपुरको कार्यालयबाटै पक्राउ परे कैलाश सिरोहिया
८ जेठ, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता मुद्दामा कार्यालयबाटै पक्राउ परेका छन । भर्खरै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मी नेतृत्वको टोलीले सिरोहियालाई कार्यालयबाटै पक्राउ गरेको हो ।
यसअघि मंगलबार नै धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न अनुमति दिएपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरिएको हो ।जिल्ला प्रहरी कार्यालयमा सिरोहियाविरुद्ध नागरिकता दुरुपयोगको उजुरी परेको थियो । सोहि आधारमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो।
प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १८:४६