२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

८ जेठ, काठमाडाैँ । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा सञ्चालन गरिएको चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् ।

रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडाैँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट दोलखाको संयुक्त आयोजनामा भएको शिविरलाई मेड (सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेटिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेकी थिइन् ।

नेपाल अपाङ्ग सङ्घ अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडाैँका वरिष्ठ एनेस्थेटिस्ट चिकित्सक संयुक्त आचार्यका अनुसार दोलखाका विभिन्न स्थानका बिरामीहरुले सेवा लिएका बताए ।

शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले  शिविरमा ३९ जनाको शल्यक्रिया गरिएको जानकारी दिए । शिविरमा सम्पूर्ण शल्यक्रियामा चाहिने उपयोग्य सामग्री र औषधि निःशुल्क गरिएको डा आचार्यको भनाइ छ ।

शिविरको एक कार्यक्रमबीच चिकित्सकको टोलीलाई धन्यवाद दिँदै समापन गरिएको पशुपति चौलागाई स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १५:२२