११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा कृष्णबहादुर अधिकारीसहित पाँच जनाकाे बीचमा प्रतिस्पर्धा हुने

७ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि पाँच जनाको नामको छोटोसूची तयार भएको छ । सिईओ नियुक्ति सिफारिस उप–समितिले पाँच जना उम्मेदवारको नाम छोटो सूचीमा समावेश गरेको हो । आइतबार बसेको उपसमितिको बैठकले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीको नाम प्रकाशन गरेको हाे ।

सोही बैठकले प्रस्तुतीकरण र अन्तर्वार्ताको समय र स्थान समेत तोकेको छ । छोटो सूचीमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण तथा अन्तर्वार्ता जेठ ९ गते बुधवार हुने उपसमितिले जनाएको छ । सिईओ बन्न २० जनाले आवेदन दिएका थिए । तर १५ जना छोटो सूचीमै अटाएनन् । बैंकले गत बैशाख ७ गतेदेखि २१ दिनको म्याद राखेर सिईओ पदका लागि दरखास्त मागेको थियो ।

प्रतिस्पर्धामा बिग्रिएको नेपाल बैंकको नेतृत्व गरेर उत्कृष्ट र प्रतिस्पर्धी बनाउन नेतृत्वदायी भूमिका खेलेका कृष्णबहादुर अधिकारी पनि सहभागी भएका छन । अधिकारीको नेतृत्वमा नेपाल बैंकले नयाँजुनी पाएको भनेर बैंकिङ् क्षेत्रमा अहिले पनि चर्चा परिचर्चा हुने गरेको छ । सरल स्वभावका अधिकारी निकै व्यवासायिक मानिन्छन ।

छोटो सूचीमा परेका खनाल राष्ट्रिय बणिज्य बैंकको अहिलेका निमित्त प्रमुख कार्यकारी हुन ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १३:३१