सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, कति छ प्रतिकित्ता न्युनतम मूल्य ?
६ जेठ, काठमाडौँ । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा आवेदन दिन चाहने इच्छुकले अबको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिनेछ ।
प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १९:३०












