बैंकहरुले असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङ घट्यो
४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) लाई घटाएको छ ।
शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले कर्जा नोक्सानी वापतको प्रोभिजन १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशत कायम गरेको हो । प्रोभिजनवापत छुट्याउनुपर्ने सीमा ०.५ प्रतिशतले घटेको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १४:११












