२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

लाभांश प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

४ जेठ, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

इन्स्योरेन्सले जेठ २८ गते आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. भाटभटेनी, नक्साल, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिश बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिश नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुबाट गरिएको सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ०९:३०