२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

३ जेठ, काठमाडाैँ । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ । उक्त अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आजदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको बताइन् ।

उनले भनिन्, “धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित छन्, कतिपयले लोकलाजका कारण रोग लुकाएका छ, भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्, हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ ।” आर्थिक अभावका कारण उपचारमा गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया सुरु गरेको जानकारी दिदै उनले अस्पतालले आजदेखि असारसम्म पाठेघरको उपचारमा निःशुल्क सेवा प्रवाह गर्ने बताइन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार ११:२८