१० असार २०८३, बुधबार | Wed Jun 24 2026

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

२ फागुन, विराटनगर । प्रदेश नम्बर एकको प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गरेको छ । दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको हो । एमाले तथा माओवादीले एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने दावी गर्दै शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएका थिए । त्यसैको आधारमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश नम्बर १ को मु्ख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले नियुक्त गर्नु भएको हो ।मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।यसैबीच प्रदेशको मुख्यमन्त्रीमा नियुक्ती लिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै राईले सानो आकारको मन्त्रीमण्डल बनाउने बताउनु भएको छ ।

संविधानले प्रदेश सभा सदस्यको १० प्रतिशत संख्याको आधारमा मन्त्रालय तथा मन्त्री बनाउने बाटो रहेको भए पनि संविधानमा उल्लेख गरिएको भन्दा सानो आकारको मन्त्रीमण्डल बनाएर कार्य सञ्चालन गरिने नवनियुक्त मुख्यमन्त्री राइले बताउनुभयो ।

प्रकाशित मिति : February 14, 2018 at 6:24 pm