७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

भारतिय मिडियाले श्रृङ्खला खतिवडाको तुलना शाहिद कपूरकी श्रीमती मिरासँग गरेपछि…


१४ मंसिर, काठमाडाैँ । मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ मा निकै चर्चा भैरहेको छ । त्यतिमात्रै होइन, मल्टीमिडिया विधामा त उनी प्रतिस्पर्धामा अगाडि पनि रहेकी छिन् । श्रृङ्खला भारी मतका साथ अग्रस्थानमा छिन् । उत्साहजनक भोटले मिस वर्ल्डको आयोजकले २ दिन म्याद पनि थपेको छ । नोभेम्बर ३० सम्म यस विधाको लागि भोट गर्न सकिनेछ । यदि यो भोटको अग्रता कायमै रह्यो भने श्रृङ्खलाले मल्टिमिडिया अवार्ड जित्ने पक्कापक्की भइसकेको छ ।

यो वर्ष मिस वर्ल्ड २०१८ चीनमा आयोजना भइरहेको छ । चीनको सान्यामा आउँदो ८ डिसेम्बरमा मिस वर्ल्डको फाइनल इभेन्ट हुनेछ । मिस वर्ल्डमा पाँच शीर्षकमा अवार्ड वितरण गरिन्छ, जसमध्ये मल्टिमिडिया पनि एउटा हो ।त्यसो त यस पटक मिस वर्ल्डमा नेपाललाई सुरुवातदेखि नै टाइटल्डको दावेदार मानिएको छ ।

मिस वर्ल्ड जित्ने चर्चासँगै श्रृङ्खलाको अर्को चर्चा सुरु भएको छ । उनलाई भारतीय मिडियाहरुले अभिनेता शाहिद कपूरकी श्रीमती मिरा राजपुतसँग तुलना गरेका छन् । भारतको चर्चित अनलाइन पोर्टल जनसत्ताले उनी मिराको डुब्लिकेट भएको उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ । केही समय अघि मात्रै श्रृङ्खलाले पनि शाहिद कपूरसँगको एक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

शाहिद र मिराले हेलो म्यागाजिनका लागि खिचेको एक तस्बिरमा श्रृङ्खलाले आफ्नो अनुहार चिप्काएर इन्स्टाग्राममा तस्बिर सेयर गरेकी थिइन् । यस हिसाबले श्रृङ्खलाले पनि यो कुरा महसुस गरेको अनुमान लगाउन सकिन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १४:४५