१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

-लक्ष्मण सिटौला

झरेको छु
रातभर अनिदो बाचेर
खै के हो जिन्दगी रु
बुझ्न सकिन आजसम्म मैले
तिम्ले रोएर झरेको मायालु आँशुको ढिक्का हुँ म
तिम्रो मुर्छनासँगै पग्लिएको मुटुको पीडा हुँ म
छोइ हेरत एक्छिन
बिलाइदिन्छु म
के हुन्छ र १ म बाँचेर पनि
जो सधैं सधैं
तिम्रै परेलीबाट तप तप खसिरहेको छु

भो बिर्सिदिनु मलाई
एकैछिनमा परास्त होइदिनु छ सूर्यसँग
म, जो सधैं हारेर बाँचिरहेको छु
अनिदो आँखा अनि
त्यो सँगै झरेको आँशु जस्तै
तिम्रो गालाको भीर भएर
तिम्रै आँखाको परेली भएर
तिम्रो नजिक छु तर छोयौ भने
म प्याट्ट खसिदिन्छु भैमा
र बिलाउछु धर्तीको सिरानीमा

तिमीसँग रहर थ्यो धेरै दिन हप्ता र बर्षौँ बाँच्ने
त्यो रुमानी परेलीमा अल्झिएर बाँच्ने

तर म झर्छु झिसमिसेमै

र जिन्दगीको कुरुक्षेत्रमा हार्छु
फूलहरूको आँखामा लत्रिएर
भुलहरुको भुलैयामा तप्किएर
तिमीसँग बाँचेको हरेक मायालु पल
मलाई यस्तो लाग्छ
त्यो सूर्य अब नउदाइदिए पनि हुने

मायाले छुन्छ्यौँ
छुँदैमा त म झरिजान्छु
प्रेमले चुम्छ्यौँ
चुम्दैमा त म बिलाइ जान्छु
मायाले हेर्छ्यौ
हेर्दैमा त म सुकिजान्छु
भो मलाई मेरै पीडामा रम्न देउ

म शीत भएर बाँच्छु केहिबेर
तिम्रो निश्चल गोधुली आँखामा
र भोलि फेरि
तिम्रो परेलीबाट
झर्नेछु चिसो भएर
त्यतिबेला मलाई नछोउ है १
किनकी म केहिबेर अझै बाच्न चाहन्छु
तिम्रै अस्ताचल पर्वतीय आँखाको आगनीमा

कविता सुन्न तालको लिंकमा क्लिक गर्नुहोला

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार ०९:४५