वैशाखको अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता
३१ वैशाख, काठमाडौं । वैशाख महिनाको अन्तिम कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साेमबार नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ काे बिन्दुमा बन्द भएकाे छ ।
साेमबार नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन सिइडिबी हाइड्रोपावरको २८ करोड २३ लाख ४७ हजार रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख २२ हजार रुपैयाँ, पोखरा फाइनान्सको ६ करोड ८५ लाख ४९ हजार रुपैयाँ र कुमारी बैंकको ६ करोड ५६ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १५:११












