२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण

३१ वैशाख, काठमाडाैं । मुक्तिनाथ विकास बैंकले धादिङस्थित बद्रीविशाल मावि र स्वर्णिम एकाडेमीमा अध्ययनरत १८२ विद्यार्थीहरुलाई स्टेशनरी सामानहरु हस्तान्तरण गरेको छ । शिक्षा तथा बालबालिकाहरुको हितसम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बैंकले उक्त विद्यालयका विद्यार्थीहरुलाई कपि, कलम, पेन्सिल, पेन, जस्ता शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट बैंकले विद्यार्थीहरुमा शिक्षाप्रति थप उर्जा ल्याउन सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १४:१०