१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

अब मधेश प्रदेशमा पनि एमालेको सरकार, सरोज यादव मुख्यमन्त्री बन्दै

३१ वैशाख, काठमाडाैँ । अब मधेश प्रदेशमा पनि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । मधेशमा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त सरकार बनाउने तयारी गरेका छन ।

नयाँ गठबन्धनमा ५६ सांसद रहेका छन । सरकार बनाउनका लागि ५४ सांसद भए पुग्छ । मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । अहिले लोसपासँग निलम्बित नेता शर्मा बाहेक नै ८ सांसद रहेका छन । त्यस्तै एमालेका २५ सांसद रहेका छन, माओवादीका ९ सांसद रहेका छन भने जनमतका १३ सांसद रहेका छन ।

नयाँ गठबन्धनको निर्णयपछि मधेश प्रदेशका नेताहरू । तस्बिरः सञ्जिवकुमार झा

मधेशमा अहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । एमाले र माओवादीले सरकारबाट समर्थन फिर्ता लिएर उनलाई अल्पमतमा परिसकेका छन । केही दिनमै एमाले संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा नयाँ सरकार बन्ने छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०७:४८