बलात्कार आरोपी गायक रवि ओडद्धारा प्रहरीमा आत्मसर्मपण
३० वैशाख, काठमाडाैँ । बलात्कार आरोपी गायक रवि ओडद्धारा प्रहरीमा आत्मसर्मपण गरेका छन । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारी पुगेर रविले आफैँ आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । रविले बिहीबार नै आत्मसमर्पण गरेका हुन । रवि नेपाल आइडलका विजेता हुन । रविरूद्ध उनकै श्रीमतिले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको मुद्दा हालेकी छिन ।
प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार ०९:०७