३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

विकास बैंकहरुको नाफामा सामान्य गिरावट

११ वैशाख, काठमाडौं । विकास बैकहरुको नाफामा सामान्य गिरावट आएको छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको नाफा ०.१० प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरुको नाफा ३ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको साेही अवधिमा बैंकहरुको नाफा ३ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ रहेको थियाे ।

याे अवधिमा ३ विकास बैंक घाटामा रहेका छन् । ५ बैंकको नाफा घट्दा बाँकी ८ बैंकको नाफा बढेको छ। गत वर्ष घाटामा रहेका सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक नाफामा रहेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ४९ प्रतिशतले बढेको छ। यस्तै मितेरी डेभलपमेन्ट बैंक,ज्योति विकास बैंक,महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको नाफा बढेको छ।

साथै, सम्तकोशी डेभलपमेन्ट बैंक,नारायणी डेभलपमेन्ट बैंक र सिन्दु विकास बैंक घाटामा छन्। ग्रिन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैक,सांग्रिला डेभलपमेन्ट बैंक,कामना सेवा विकास बैंक,गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकको नाफा घटेको छ।

प्रकाशित मिति : 18:00