६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

अर्जुन कपूरकी बहिनी अंशुलालाई सामाजिक सञ्जाल मार्फत बलात्कारको धम्की 


१२ मंसिर, भारत । अभिनेता अर्जुन कपुरकी बहिनी अंशुलालार्इ सामाजिक सन्जाल मार्फत बलाल्कारकाे धम्की अाएकाे अभिनेत्री जान्हवी कपूरले मंगलबार एउटा कार्यक्रममा खुलासा गरेकी छिन् ।

  केही दिनअघि उनी दाई अर्जुन कपूरका साथ करण जोहरको टेलिभिजन शो ‘कफि विद करण’ मा सहभागी भएकी थिइन् । उक्त शो मा एक गेम जित्नका लागि जान्हवीले अंशुलालाई फोन गरेकी थिइन् । तर अंशुलाले जान्हवीलाई सहयोग गर्न नसक्दा अर्जुन कपूरले उक्त गेम जितेका थिए ।

उक्त शो को त्यो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले त्यस भिडियोमा आफ्ना विचारहरु राख्न सुरु गरे । केही व्यक्तिले अंशुलालाई जान्हवी कपूरलाई सहयोग नगरेको भन्दै बलात्कारको धम्की पनि दिएका छन् ।

बहिनी अंशुलालाई यस किसिमको धम्कीहरु आउन थालेपछि अभिनेता अर्जुन कपूरले उनको ट्विटर मार्फत ति व्यक्तिहरुमाथि आफ्नो रिस पोखेका छन् ।

जुर्नले लेखेका छन्, ‘कफि विद करणमा जे भयो त्यसमा अंशुलालाई दोष दिनु र उनलाई जे जति खराब कुरा भनिँदैछ, त्यो सरासर गलत हो । मेरी बहिनीलाई लिएर जे जति कुरा भयो अब मलाई कुनै पनि किसिमको मर्यादाको चिन्ता छैन । धिक्कार छ ति ट्रोलर्सलार्ई, जसले मेरी बहिनीलाई चोट पु¥याउने कोशिश गरिरहेका छन् । म आशा गर्छु कि तपाईंहरुकी आमा र दीदी बहिनीहरुले यस कुराको सामना गरेका छैनन् । जुन किसिमको धम्की अहिले तपार्इं मेरी बहिनीलाई दिइरहनुभएको छ ।’

अभिनेत्री जान्हवी कपूरले पनि ‘कफि विद करण’ मा भएको उक्त कुराबारे स्पष्टीकरण दिँदै मिडियाको अगाडि भनिन्, ‘अंशुला फोनमा मेरो कुरा नबुझेर दुविधामा परेकी थिइन् । उनी के गर्ने भन्ने कुरा थाहा पाइरहेकी थिइनन् । यही कारण उनले मलाई सहयोग गर्न सकिनन् ।’

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १४:४९