९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

काठमाडाैँमै फेरी अर्की युवती  बलात्कृत, ५ जना पक्राउ

१२ मंसिर, काठमाडौँ । काठमाडौँकाे ठमेलमा एक २२ वर्षीया युवती बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेका १७ वर्षीय सोम तामाङ, गोरखाका १८ वर्षीय विराज गुरुङ रहेका छन् तर बाँकी ३ जनाकाे परिचय भने प्रहरीले खुलाएकाे छैन ।  काठमाडौँ प्रहरीका अनुसार घटनास्थल नजिक रहेका तथा जबरजस्ती करणीको प्रयास गर्ने थप तीन जनालाई पनि पक्राउ गरिएको छ ।


क्वासी चाइनिज होटल एण्ड रेष्टुरेन्टको स्टाफ रुपमा कोठा खोज्दै पीडित युवती पुगेकी थिइन् । त्यही क्रममा उनी बलात्कृत भएको भन्दै महागनरीय प्रहरी वृत्त, लैनचौरमा जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहले जनाएकाे छ ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १४:११