२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९५ हजार कित्ता सेयर बिक्रीमा

११ वैशाख, काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ९५ हजार ४६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले बबरमहल काठमाडौंमा रहेको कम्पनीको प्रधान कार्यालयमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि कुनै जनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार ०९:४३