१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

स्वास्थ्य मन्त्रालयमै कार्यरत दुई डाक्टरको शैक्षिक प्रमाणपत्र नक्कली, अदालतबाट भ्रष्टाचारी ठहर


२ चैत, काठमाडौँ । स्वास्थ्य मन्त्रालयमा कर्यरत दुई चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली प्रमाणित भएको छ । विशेष अदालतले स्वास्थ्य मन्त्रालय अन्तर्गत गाइनोकोलोजिस्टका रुपमा कार्यरत डा सुनिल आचार्य र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौंडामा कार्यरत डा रजनी अग्रवालको प्रमाणपत्र नक्कली रहेको फैसला सुनाएको छ ।

अख्तियारले एक वर्षअघि विशेषमा दायर गरेका मुद्दामा फैसला गर्दै शुक्रबार उनीहरुको प्रमाणपत्र नक्कली रहेको ठहर गरेको छ । विशेषको यो फैसलापछि दुई डाक्टर भ्रष्टाचारमा समेत दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले डाक्टरद्धयलाई भ्रष्टाचारी ठहर गरेको हो ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १८:१६