एमाले अध्यक्ष ओलीको स्वस्थ्यमा समस्या
९ वैशाख, काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकाे स्वस्थ्यमा समस्या देखिएकाे छ । अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरेका छन् । अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको प्रमुख गौतमले जानकारी दिए ।
प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १७:३०










