गोंगबुकाे होटलबाट ८ वर्षीय बालक बेपत्ता
१२ मंसिर, काठमाडौं । काठमाडौं गोंगबुकाे एक होटलबाट ८ वर्षीय बालक बेपत्ता भएका छन् । स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास बेपत्ता भएका हुन् । बुबा प्रवीणका अनुसार होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझबाट सम्पर्कविहीन छन् ।
उनले भने, ‘हामीले महानगरीय प्रहरी प्रभाग, गोंगबुमा खोजतलासका लागि निवेदन दिएका छौं । तर, अहिलेसम्म अत्तोपत्तो छैन ।’प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएको छ ।
प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १२:४७












