प्रचण्डविरूद्ध झुटो समाचार लेखेको अारोपमा पत्रकार गोपाल चन्द नेपालटारबाट पक्राउ
१२ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ खुकुरी प्रहारको प्रयास भएको भन्दै झुटो समाचार लेखेको अारोपमा काठमाडाैँको नेपालटारबाट एक जना पत्रकार पक्राउ परेका छन । प्रहरीले झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलार्इ पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिकाको नेपालटारबाट पक्राउ गरेको हो । मंसिर ८ गते पुर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएका बेला उक्त अनलाईनले स्थानीयले खुकुरी प्रहारको प्रयास शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

चन्द्रविरुद्ध उजुरी नपरे पनि महाशाखाको नियमित मोनिटारिङका आधारमा उक्त समाचार भ्रमपुर्ण भएको प्रमाण फेला परेपछि पक्राउ गरिएको महाशाखा प्रवक्ता एसपी नरेन्द्र चन्दले बताएका छन । चन्दको पक्राउको बिरोधमा क्रान्तिकारी पत्रकार महासंघले विज्ञप्ति निकाल्दै बिरोध जनाएको छ । उसले चन्दलार्इ तत्काल रिहाइ गर्न माग पनि गरेको छ ।
प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार ०८:४८












