२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

अभियान लघुवित्तले सेयरधनी बनायाे निराश, लाभांश वितरण नगर्ने

६ वैशाख, काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनी निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

बैशाख ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार १०:५३