पूर्व प्रधानमन्त्री खनालद्वारा स्वयम्भुकाे एेतिहासिक प्राकृतिक संग्रहालयको निरीक्षण
११ मंसिर,काठमाडाैँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्वयम्भुमा अवस्थित एेतिहासिक प्राकृतिक संग्रहालयको निरीक्षण गरेका छन् ।

मंगलवार सग्रालयको निरीक्षण गर्दै नेता खनालले नेपाल सरकारले यस्तो महत्त्वपूर्ण सग्रलयलार्इ राष्ट्रिय स्तरमा नै प्रचार गर्दै यसको बिकास र व्यवस्थापनका लागि बजेट सहित आवस्याक कदम चाल्नु पर्ने कुरा बताए । उक्त संग्रहालयमा नेपालमा पाइने सबै पसुपंक्षीका साथै जनावर र किराहरुलाई संग्रहित गरेर राखिएको छ ।
पूर्व प्रधानमन्त्री खनालसंग संग्राहालयमा अावश्यक पर्ने दरबन्दी साथै मानव जनशक्तिको अभावले सोचेजस्तो अध्ययन अनुसन्धान गर्न नसकेको त्यहाँका कर्मचारीहरुले गुनासो गरेका छन् ।
प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार २१:४५












