९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

पर्सामा एसपी रेवती ढकालको कार्यकक्षमै २५ हजार घुस दिनखाेज्ने चौरसिया पक्राउ

११ मंसिर, वीरगञ्ज । प्रहरी उपरीक्षक (एसपी) लाई घुस दिन खोज्ने विश्वजीत चौरसियालाई पर्साबाट प्रहरीले पक्राउ गरेको छ । अाज दिउँसो एसपी रेवती ढकालको कार्यकक्षमै  आएर पटके सवारी कर संकलन गर्ने युवाहरु प्रति नरम भइदिन भन्दै २५ हजार रुपैयाँ घुस दिन खोज्ने चौरसियालाई पक्रउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भेटघाटका लागि भनेर कार्यकक्षमा आएर केटाहरुले कहिलेकाँही यताउति गर्छन्, भन्दै घुस दिन खोजेपछि चौरसियालाई  प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकामा भित्रिने र बाहिरिने सवारी साधनसँग लिने पटके कर मोना कन्सट्रक्सनका लागि युवाले संकलन गर्ने र सवारी चालकरुलाई धाकधम्की दिँदै जबरजस्ती दोहोरो कर लिने दोहोरो कर नदिए युवाहरुले सवारी चालकहरुलाई कुटपिटसमेत गरेको उजुरी  प्रहरीकोमा आउने गरेको थियो ।

दुई दिनअघि रजतजयन्ती चौकमा ठेकेदार कम्पनीका प्रतिनिधिले एक भारतीय मालवाहक ट्रकसँग पहिले पटके करबापत एक सय १३ रुपैयाँ लिएको र पाँच मिनेटपछि जरिवाना भन्दै थप एक सय १३ रुपैयाँ लिएको उजुरी प्रहरीकोमा आएको थियो ।

प्रहरीले त्यहाँ खटिएका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो । ठेकेदार पक्षले उनीहरुलाई कामबाटै निकाल्ने भनेपछि एकपटकका लागि भनेर चेतावनी दिएर छोडिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार २१:१८