नयाँ बर्षको पहिलो दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार
२ वैशाख, काठमाडौँ । नयाँ बर्षको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २ दशमलव ३५ अंकले घटेर २०३३ दशमलव ३५ को विन्दुमा बन्द भएको छ । आइतबार तीन अर्ब ६ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सानिमा माईको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, पोखरा फाइनान्स, नाग्दी गुप्र पावर, हिमालयन रि, एनआईसी एशिया लघुवित्त, सर्वोत्त्तम सिमेन्टस, गाेर्खाज फाइनानस, शिवम सिमेन्टस, माण्डु हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार १५:१९












