२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

ओलीले फेरि थपे तीन मन्त्रालय, मन्त्रालयको संख्या २१ पुग्यो

२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रालय टुक्राएका छन । संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागी गराउन मन्त्रालयको भागण्डा मिलाउन ओलीले मन्त्रालय टुक्राउने निर्णय गरेका हुन ।

यसअघि मन्त्रीपरिषदबाट प्रधानमन्त्री कार्यालय सहित १८ मन्त्रालय मात्र राख्ने निर्णय गराएका प्रधानमन्त्री ओलीले शुक्रबार ३ वटा मन्त्रालय थप गरि मन्त्रालयको संख्या २१ पुर्याएका छन ।

प्रधानमन्त्री ओली सत्तारुढ दल माओवादीसँगको छलफलपछि मन्त्रालयको संख्या थप गर्ने निर्णयमा पुगेका हुन । यसअघि शिक्षा युवा तथा खेलकुद र विज्ञान प्रविधी एउटै मन्त्रालय रहेकोमा अब शिक्षा र विज्ञान तथा प्रविधी एउटा तथा युवा तथा खेलकुद मन्त्रालय छुट्टै भएको छ ।

यस्तै, यसअघि एकै बनाइएका महिला बालबालिका तथा समाज कल्याण र श्रम मन्त्रालयबाट श्रम लाई अलग्गै बनाइएको छ । त्यस्तै सिंचाइ मन्त्रालय बेग्लै बनाइने भएको छ । संविधानमा मन्त्रीपरिषद २५ सदस्यीयसम्म बनाउन पाइने व्यवस्था छ ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १७:०१