अरुण भ्याली हाईड्रोको हकप्रद सेयर बाँडफाँड
२९ चैत, काठमाडौँ। अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर चैत २७ गते बाँडफाँड भएको हो । कम्पनीले माघ १४ गतेसम्म कायम सयेरधनीका लागि गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु।१०० अंकित दरका कुल १ करोड ४६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ३३ हजार ७१४ जना आवेदकलाई १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको छ । कुल निष्कासन गरिएको हकप्रदमध्ये १९ लाख ९२ हजार १३४ कित्ता सेयर भने अवितरित रहेको छ ।
आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी चैत ३० गतेदेखि आईपीएसमार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १०:४८












