७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

पर्यटनमन्त्री अधिकारीलाई उनकै गृह जिल्लामा कालोझण्डा, नयाँ शक्तिका ६ विद्यार्थी नेता पक्राउ

१० मंसिर, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई उनकै गृहजिल्ला पोखरामा विद्यार्थी नेताहरूले कालोझण्डा देखाएका छन् । नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरूले उनलाई कालोझण्डा देखाएका हुन् । कालोझण्डा देखाएकाे आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने  क्रममा उनिहरूलार्इ प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार १५:०२