१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

भिजन लुम्बिनी ऊर्जाको ‘लक इक’ अवधि जेठ ४ गते सकिँदै

२९ चैत, काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको ‘लक इन’ अवधि जेठ ४ गते सकिँदै छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि सकिन लागेकाे हाे ।

लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण सेयर गत मंसिर ५ गते बाँडफाँड गरेको थियो ।

सोमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको पाँच प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार पाँच सय रुपैयाँबराबरको  ९५ हजार ६२५ कित्ता शेयरको लक इन अवधि सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १०:३४