१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

२८ चैत, काठमाडौँ । यो वर्षको अन्तिम कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १०.७१ अंकले घटेरर २०२५.३० को विन्दुमा बन्द भएकाे छ ।

बुधबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ५४ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, गाेर्खाज फाइनान्सको ११ करोड १२ लाख २८ हजार रुपैयाँ, नेपाल फाइनान्सको ९ करोड ७७ लाख ४१ हजार रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ७६ लाख ९ हजार रुपैयाँ र नेपाल रि इन्स्योरेन्स कम्पनीको ८ करोड ५८ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १५:१२