समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशन कुमार अधिकारी
२८ चैत, काठमाडाैं । समस्याग्रस्त नेपाल शेयर मार्केट एण्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजक पदमा रोशन कुमार अधिकारी मुख्य उम्मेदवारका रुपमा छनौट भएका छन् ।
त्यस्तै वैकल्पिक उम्मेदवारमा प्रकाश घिमिरे र गोविन्द प्रसाद शर्मा छानिएका नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पद पदपूर्ति गर्न १४ फागुन र ७ चैतमा सूचना प्रकाशित गरेको थियो ।
सूचना अनुसार रितपूर्वक दरखास्त पेस गरी तोकिए बमोजिमको परीक्षामा सहभागी भएका उम्मेदवारहरूले प्राप्त गरेको अन्तिम कुल अंकको आधार संयोजक छनोट गरिएकाे राष्ट्र बैंकले जनाएको छ ।
छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ भित्र राष्ट्र बैंकमा सम्पर्क राख्न आह्वान गरेको छ । तोकिएको मितिभित्र सम्पर्कमा नआएमा योग्यता क्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्त गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ०९:२९












