२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

धिमेबाजा प्रतियोगितामा लुनिभाः धिमे खलः प्रथम

२६ चैत, भक्तपुर । भक्तपुरमा सम्पन्न बागमती प्रदेशस्तरीय धिमेबाजा प्रतियोगितामा सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित लुनिभाः धिमे खलः प्रथम भएको छ । सिरुटार धिमे खलःले रु २५ हजार पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा चाँगुनारायण नगरपालिका–९ स्थित ताथली धिमे खल दोस्रो र मध्यपुरथिमि नगरपालिकास्थित श्रीराज गणेश धिमे खलः तृतीय भएको छ ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा भएको उक्त प्रतियोगितामा प्रथम हुने खलःलाई रु २५ हजारका साथै दुई धिमे बाजा, एक एक जोर भुछ्या र सिछ्या, द्वितीय हुने खलःलाई रु १५ हजार, एउटा धिमे बाजा र एक जोर भुछ्या तथा तृतीय हुने खलःलाई रु १० हजार र एउटा  धिमेबाजा प्रदान गरिएको छ ।

केन्द्रीय मानन्धर सङ्घले आयोजना गरेको प्रदेशस्तरीय धिमेबाजा प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट ५० धिमे खलःको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०७:१२