११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलमा छुट पाउने

२५ चैत, काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेड र न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल प्रालि(न्युरो अस्पताल) विराटनगर, मोरङबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईबीच सम्पन्न भएको हो । उक्त सम्झौतामा बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १४:११