प्रि ओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से
२५ चैत, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार २.७३ अंकले घटेर २००४.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.९९ अंकले बढेर २००९.०५ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा ४२ स्टकको ९ लाख ८८ हजार ६८ रुपैयाँ ५० पैसा बराबरको १ हजार ५९० कित्ता सेयर कारोबार भएको छ।
प्रकाशित मिति : 11:10









