२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सोफा फ्याक्ट्रीमा आगलागी हुँदा एकजनाको मृत्यु

२४ चैत, काठमाडाैँ । ललितपुरको हात्तीवनस्थित एक सोफा फ्याक्ट्रीमा आज भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार आगलागी शनिबार बिहान ६ बजेतिर भएको थियो । आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशङ्का गरिएको सुवेदीले बताए । उनका अनुसार सोफा बनाउने फ्याक्ट्री ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रुपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थहरु जलेर नष्ट भएको जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार १२:५७