३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

समृद्धि फाइनान्सले सम्पन्न गर्यो निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम

२३ चैत, काठमाडौँ । समृद्धि फाइनान्सले एक दिने निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ ।  फाइनान्सले चैत २३ गते शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुतलीसडक कार्यालयद्धारा सो शिविर सम्पन्न गरेको हो ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको हो । आर्सिया डेन्टल तथा जे.जि.एस आइ केयरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका विशेषज्ञ डाक्टरले सेवा प्रदान गरेका थिए । सो कार्यक्रममा दन्त परीक्षण अन्तर्गत २८०जना र आँखा परीक्षणमा ३२९ जना सेवा ग्राहीले परीक्षण तथा परामर्श सेवा लिएकाे फाइनान्सले जनाएकाे छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेकोमा चैत्र महिनाको लागि निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न गरेको साथै आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोबार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु नि शूल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : 18:12