१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

२२ चैत, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । गत वैशाख १४ गते मुख्यमन्त्री बनेका चौधरीले अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा राजीनामा दिएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १७:१७