१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने

२१ चैत, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला  घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभामा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । उनले सत्ता गठबन्धनमा राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने सहमति भएकाले त्यसअनुसार घिमिरेलाई उम्मेदवार टुंगो लगाएकाे बताएका हुन् ।

सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति भएकाे थियाे । तर पछि एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएर उसले उपाध्यक्षमा दाबी गरेकाले पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमतिकाे बुँदा हटाइएको थियो ।

राष्ट्रयसभा उपाध्यक्षका लागि चैत २८ गते निर्वाचन हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १५:११