ससुराकाे हत्या गरी जेलमा पुगेकी महिला प्रहरीलाई झुक्याएर भागिन
९ मंसिर, सर्लाही । सर्लाहीमा ससुराकाे हत्या गरेर जेलमा रहेकी एक महिला प्रहरीलाई झुक्याएर भागेकीछिन ।
आइतबार इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको हिरासतबाट एक महिला अभियुक्त फरार भएकि हुन ।

२२ दिनदेखि प्रहरीको हिरासतमा रहेकी महिलाले ड्युटी बसेका प्रहरीलाई झुक्याएर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।
आफ्नै ससूरालालाई हत्या गरेर फरार महिलालाई १७ दिन पछि प्रहरीले प्रकाउ गरेको थियो । अभियुक्त फरार भएपछि ड्युटीमा रहेका दुई प्रहरीलाई कारबाहीको तयारी गरिएको छ ।
प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार १६:५८












