सर्वोत्तम सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
१९ चैत, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ को बिन्दुमा पुगेको छ ।
साेमबार सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४७ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ११ करोड २३ हजार, गाेर्खाज फाइनान्सको ९ करोड ९९ लाख ७१ हजार रुपैयाँ, पिपुल्स पावर लिमिटेडको ५ करोड ७९ लाख ४१ हजार रुपैयाँ र मायाखोला हाइड्रोपावरको ५ करोड ६० लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १५:२६












