४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१२ चैत, काठमाडौँ । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो चार दिनदेखि बजारमा निरन्तर गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा बन्द भएकाे छ ।

साेमबार गाेर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड ९० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ७८ लाख ७६ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ८ करोड १३ लाख २३ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ६ करोड २९ लाख रुपैयाँ र घोराही सिमेन्ट इन्डस्ट्रीको ५ करोड ८६ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १५:४०