१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

मुआब्जा विवाद मिलेपछि ठेउलेखोला जलविद्युत् आयोजना सञ्चालनमा


२ चैत, बागलुङ । बागलुङको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको मुआब्जा विवाद सुल्झे सगै आयोजना सञ्चालनमा आएको छ । आयोजना व्यवस्थापन र प्रभावित क्षेत्रका जग्गाधनीबीच सहमति जुटेपछि आयोजनाको काम सञ्चालन भएको हो ।

जग्गाधनी खगेश्वर शर्माले मुआब्जा माग गर्दै अवरोध सिर्जना गरेपछि आयोजनाको काम प्रभावित भएको थियो । आयोजना व्यवस्थापनले शर्माले माग गरेअनुसारको मुआब्जा दिन नसकिने बताउँदै आएको थियो । शर्माले रु एक करोड पाँच लाख मुआब्जा माग गर्दै आउनुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जैमिनी नगरपालिकाको रोहबरमा दुबै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार शर्माले रु ६० लाख मुआब्जा पाउने भएका छन् । यस्तै आयोजना बनाउदा क्षति पुगेका संरचना निर्माणको काम पनि आयोजना व्यवस्थापनले गर्ने सहमतिमा उल्लेख छ ।

यही चैत १५ गतेदेखि आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने छ । जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै नियमित विद्युत् उत्पादन शुरु गर्ने तयारी प्रभावित भएको थियो । यसअघि निर्माण कम्पनीले आयोजनास्थलको ३२ रोपनी जग्गाको मुआब्जा रु ९२ लाख वितरण गरिसकेको छ ।

रु ३३ करोडको लागतमा बनेको साढे एक मेगावाटको आयोजनाले जिल्लाभरको एक तिहाई विद्युत् मागलाई धान्ने जनाइएको छ । नगरपालिका–१ कुश्मीसेरा र ४ सर्कुवास्थित ठेउलेखोलाको पानीलाई दुई हजार ७०० मिटरको ‘पेनस्टक’ पाइपमार्फत् वार्ड नं ५ बिनामारेस्थित विद्युत्गृहमा पु¥याइएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत शेयर छ ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १४:४२