७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

मादक पदार्थ सेवन गरी विद्यालय जाने प्रधानाध्यापक निरोज बस्ताकोटी बर्खास्त 

८ मंसिर, नवलपरासी । मादक पदार्थ सेवन तथा आर्थिक अनियमितताको आरोपमा नवलपरासीको बालमन्दिर प्राथमिक विद्यालयका प्रधानाध्यापक बर्खास्त भएका छन् ।

विद्यालय छात्रवृत्ति रकम दुरुपयोग गरेको, विद्यालयमै मदिरा सेवन गरेर जाने गरेको, शिक्षकको तलब दुरुपयोग गर्ने गरेको लगायत आरोप लगाउँदै अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख कृष्ण चन्द्र पोख्रेलले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि उनलाई बर्खास्त गरिएको बताए ।

पदीय मर्यादा तथा आचरणविपरीत कार्य गरेको भेटिए उनलाई शिक्षकबाट पनि वर्खास्त गर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार १३:००