अन्तिम कारोबारको दिन यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
८ चैत, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ बिन्दुमा बन्द भएकाे छ ।
बिहीबार माछापुच्छ्रे बैंकको प्रमोटर सेयरकाे सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, गाेर्खाज फाइनान्सको २७ करोड ३ लाख ३८ हजार, शिवम् सिमेन्टको १४ करोड २८ लाख ८० हजार रुपैयाँ, सोनापुर मिनरल्सको १२ करोड ७३ लाख ७३ हजार रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ९ करोड ५९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १५:११












