२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने गृहमन्त्री लामिछानेकाे तयारी

७ चैत, काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएकाे छ। यी क्षेत्रकाे सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले गर्ने भएकाे छ ।

गृह मन्त्रालयका अनुसार जिल्ला सुरक्षा समितिले सोहीअनुसारकाे योजना बनाउने तय भएकाे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार नयाँ वर्षभित्र नै ठमेल र दरमार्ग रातभर पनि खुल्ने भएकाे हाे ।

‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ।

हाल दुबै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ। पर्यटक लक्षित गरि हटलाइन सञ्चालनकाे तयारी पनि भइरहेकाे जानकारी दिइएकाे छ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १७:३४