२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

६ चैत, काठमाडाैँ । सरकारले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई सरुवा गरेको छ। गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा महानिर्देशक पदमा सरुवा गरेको छ ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। तामाङ निलम्बन भएकाे रिक्त स्थानमा निरौलालाई लगिएको हो।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १२:३३