८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छः केपी ओली

११ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ओलीले फागुन २१ गते हुने चुनावका लागि हरेक बुथमा कम्तिमा ३० जना सदस्य रहने गरी भोलेन्टियर फोर्स गठन गर्न निर्देशन दिएका छन्। सोमबार दमकमा पार्टीनिकट भोलेन्टियर फोर्सको कोशी कमाण्ड घोषणा गर्दै अध्यक्ष ओलीले चुनावमा प्रत्येक बुथमा कम्तिमा ३० जना भोलेन्टियर फोर्स गठन गर्न पार्टीका सबै कमिटीहरूलाई निर्देशन दिनुभएकाे हाे ।

उहाँले एमालेबाहेक अरू कसैले हामीले देशका लागि काम गरेका छौँ भन्न नसक्ने जिकिर गर्नुभयाे। उहाँले देशमा काम धेरै भइरहेको र अधुरा काम पूरा गर्न बाँकी रहेको बताउनुभयाे। उहाँले आगामी चुनावमा कसैले बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी समेत दिनुभयाे ।

उहाँले भन्नुभयाे ‘कुनै प्रकारको व्यवधान हुनुहुँदैन। कसैले बुथ कब्जा गर्छु भन्छन् भने त्यो कल्पना नगरे हुन्छ। कसैले सक्नेवाला छैन।’

प्रकाशित मिति : February 23, 2026 at 5:07 pm