२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

बोनस सेयरमा लाग्ने कर जम्मा गर्न सेयरधनीलाई हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह

६ चैत, काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरी साविकको गुराँस लाइफ र यूनियन लाइफको आर्थिक वर्ष २०७७/७८ को नाफबाट सेयरधनीलाई वितरण गरिएको बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

बुक क्लोज भएको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले बोनस सेयरमा लागने कर बापतको रकम स्वयम ले नै तिर्नुपर्ने भएकोमा केही सेयरधनीहरुले अहिलेसम्म नतिरेकाले उक्त रकम तिर्न कम्पनीले आग्रह गरेको हो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १०:३०